एनसेल आजियाटाले शुरु गर्यो वायर फ्रि प्लस सेवा



काठमाडौं, (नेस)
एनसेल आजियाटाले नेपालमा पहिलोपटक वायर फ्रि प्लस वाईफाई सेवा शुरु गरेकोछ । कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत साउन २० गतेदेखि शुरु गरेको हो ।

वायरफ्रि प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुवै प्रयोजनका लागि लक्षित वाईफाई सेवा हो । यो प्रविधिअन्तर्गत उपभोक्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्छन् ।

प्लानअनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबी डेटा र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक,प्रभु टिभीलगायतका डिजिटल कन्टेन्टहरू र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायर फ्रि प्लस वाईफाई सेवाको प्रमुख विषेशता रहेका छन् ।

वायरफ्रि प्लस वाईफाई सेवा शुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भन्नुभयो–‘वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ शुरुवात हो र यसमा ग्राहकले बन्डल सेवासहित नयाँ अनुभव लिन सक्छन् ।

प्रि–बुकिङमा ग्राहकबाट प्राप्त अर्डरले हामी उत्साहित भएका छौं । यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोक्तालाई इन्टरनेटमा पह“ुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।’

वार्षिक प्लानमा मासिक ६९० रुपियाँ शुल्क रहेको यो सेवाअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमन्ड गरी तीन वटा समूहमा कुनै पनि समूहअन्तर्गतको प्लान लिन सक्छन् । गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र ६९० रुपियाँ (कर बाहेक) शुल्कमा ६० जीबी वायर फ्रिप्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्ड प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्दछन् ।
त्यस्तै प्लाटिनम समूहअन्तर्गत ग्राहकले मासिकमात्र ८६० रुपियाँ (करबाहेक) शुल्कमा ८५ जीबी वायर फ्रि प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।

डायमन्ड समूहअन्तर्गत ग्राहकले मासिक ९५० रुपियाँ (कर बाहेक) शुल्कमा १०० जीबी वायर फ्रि प्लस डेटा, हजार मिनेट अन नेट टक टाइम र २ वटा फोरजी िसम कार्ड प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।

वायरफ्रि प्लस सेवा लिन ग्राहकले एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् । ग्राहकले एनसेल आजियाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् । ग्राहकले एकपटक मात्र तिर्नपर्ने ग्राहक शुल्क ५ सय, २५ सय वा ३५ सय तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्