शुरू भयो अवरुद्ध सडको काम



नेपाल समाचारपत्र, रसुवा
पासाङ ल्हामु सडक खण्डको धुन्चे स्याफ्रुवेंशी खण्डको भार्खु डाँडामा भासिएको सडक सञ्चालनमा ल्याउन काम शुरू भएको छ । सडक सञ्चालनमा ल्याउन बुधबारदेखि सडक डिभिजन कार्यालय नुवाकोटले स्काभेटर प्रयोग गरी काम शुरू गरेको हो ।
गत साउन ११ गते राति परेको अविरल वर्षाका कारण सडक भासिएपछि रसुवाढी नाका जोड्ने सडक अवरुद्ध भएको थियो । करिब ५० मिटर सडक भासिएको र त्यस ठाउँमा तारजालीको प्रयोग गरी ग्याभिनसमेत लगाउन पर्ने भएकाले दोहोरो आवत–जावत गर्न कम्तीमा पनि एक हप्ता लाग्ने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।
रसुवागढी नाका जोड्ने सडक भासिएपछि उक्त नाकाबाट सामान लिएर जान लागेका कन्टेनरहरू बीचमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्