चाडपर्व घरभित्रै मनाउन जिप्रकाको आग्रह



गुल्मी, (नेस)
कोरोना भाइरसको संक्रमणको जोमिख कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले चाडपर्वहरू पारिवारिकरूपमा मात्रै मनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिले नजिकिएका पर्वहरू कृष्ण जन्माष्टमी, हरितालिका तीज, ऋषिपञ्चमीलगायतका पर्वहरू धेरै जना भेला नभई पारिवारिकरूपमा घरभित्रै मनाउन आग्रह गरेको हो ।

धेरै जना भेला हुँदा संक्रमणको जोखिम बढ्ने भएकाले पर्व धेरै जना भेला नभई पारिवारिकरूपमा मनाउन भनिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । प्रशासनले कोरोना भाइरसको संक्रमणको जोमिख कायमै रहेकाले घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउन भनेको छ ।

जिल्लामा कसैले मास्क नलगाई हिँडेको फेला पारे रु १ सय जरिवाना गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्