प्रहरी हवल्दारमा कोरोना पुष्टि भएपछि चौकी नै ‘सिल’



न्युज अफ नेपाल, हेटौंडा ।

प्रहरीमा कोरोना पुष्टि भएपछि हेटौंडा–१७ स्थित हटिया प्रहरी चौकी सिल गरिएको छ । सुरक्षा सावधानीका लागि चौकी सिल गरिएको हो । प्रहरी चौकीमा कार्यरत् प्रहरीमध्ये एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि करिब ३३ वर्षीय उनलाई कोरोना आइसोलोसन वार्डमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।

अन्य प्रहरीलाई सेल्फ क्वारेन्टिनमा बस्न भनिएको उहाँको भनाइ छ । स्वास्थ्यकर्मीको टोलीले चौकीका ६ जना प्रहरीको स्वाब संकलन गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिनुभयो । हेटौंडामा बिहीबार देखिएका २ जना कोरोना संक्रमितमध्ये एक जना प्रहरी हवल्दार हुन् ।

प्रतिक्रिया दिनुहोस्