म्याकडोनाल्डको चिकेन भित्र सर्जिकल मास्क



लन्डन,(एजेन्सी)

म्याकडोनाल्डमा खरिद गरिएको चिकेनको टुक्रा खाँदै गर्दा त्यसभित्र रहेको निलो सर्जिकल मास्कको कारण आफ्नी छ बर्षीय छोरी झण्डै नराम्ररी सर्किन पुगेको एक महिलाले गुनासो गरेकी छन् । आफ्नी ३२ बर्षीय आमा लाउरा आर्वरले ह्याम्सायरको एल्डरसट स्थित म्याकडोनाल्डसको एउटा शाखाबाट मंगलवार किनेर ल्याएको चिकेन खाँदै गर्दा म्याडी नामक ति बालिका नराम्रो दुर्घटनामा पर्न बाट भाग्यले बचेकी हुन् ।

आर्वरले बिबिसीलाई भनेकीछन्,‘ मेरी छोरीले झण्डै पूरै बेक भइसकेको अवस्थामा रहको सो मास्क सहितको मासु मुखमा हालिसकेकी थिइन् । भाग्यले मेरो आँखा प¥यो । मैले मुखमा औला छिराएर मास्क सहितको मासु निकाली दिएँ । शुरुमा त त्यो निलो चिज के होला भनी ठम्याउनै सकिन । बटा खालेर हेर्दा अर्को मासुको टुक्रोमा पनि मास्कको अर्को भाग भेटाएँ । मास्कको अवस्था चुइँगमको जस्तो भइसककेो थियो । त्यतिवेला म कोठामा नभएको भए मेरी छोरीको के हाल भइसक्थ्यो होला ! ’

तत्काल गुनासो लिएर म्याकडोनाल्डमा पुग्दा ‘ ह्यापी मिल ’ सेवा प्रदान गर्ने त्यस म्याडोनाल्डले त्यो चिकेन त्यहाँबाट नलगिएको अडान लिएको थियो । तर आर्वरले आफ्नो मात्र नभई आफूलाई अन्य ग्राहकको स्वास्थ्यप्रति पनि यस्तो वेवास्ताको कारण चिन्ता लागेको बताएपछि बल्ल म्याकडोनाल्ड व्यवस्थापन पक्षले घटना प्रति क्षमायाचना गर्दै यसबारे गम्भीर अनुसन्धान थालिने बचन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्