भोलि र पर्सि उपत्यकाका यी ठाउँमा बत्ती जाने



न्युज अफ नेपाल, काठमाडौँ ।

साउन २३ र २४ गते बागडोल एरीया आसपास, सनराईज टावर अफलोडल, सानेपा रिग‌रोड बाहिर, खाद्य गोदाम आसपास , चाइनिज क्याम्पलगाएतका क्षेत्रमा लोडसेडिङ हुने भएको छ ।

पुल्चोक वितरण केन्द्रको टेकु रि‌गरोड फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकोले विहान १० बजेबाट साँझ ५ बजेसम्म लोडसेडिङ हुँने भएको हो । सो फिडर अन्तर्गतका एरियालगायत सप्लाइ लिएका क्षेत्रमा बत्ती जाने भएको छ ।

ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति नेपाल विद्युत प्राधिकरणले क्षमा मागेको छ ।

प्रतिक्रिया दिनुहोस्