दीपक रिजाल ।
झ्यालखानामा तिम्रो मनलाई थुन्न पाए हुन्थ्यो
धोका दिने तिम्रो बानी, सुध्रिजाओस् भनी
मायाको त पुजारी हुँ, धाउँछु मन्दिर पनि ।
तिम्लाई माया गर्ने मुटु फेर्न पाए हुन्थ्यो
झ्यालखानामा तिम्रो मनलाई थुन्न पाए हुन्थ्यो।
संझनामा तिम्रो तस्वीर आउँछ घरीघरी
कोमल मनमा छुरा हानी रुवाउने धरधरी ।
सपनीमा आउन तिम्लाइ रोक्न सके हुन्थ्यो
झ्यालखानामा तिम्रो मनलाई थुन्न सके हुन्थ्यो ।
तिम्रो मेटी अर्कैको नाम दिलमा लेख्न सके
बाँच्थे कि त केही दिन विगत भुल्न सके ।
तिम्रै जस्तो मैले पनि बाँच्न जाने हुन्थ्यो
झ्यालखानामा तिम्रो मन थुन्न सके हुन्थ्यो ।
कोही आइ सिकाइदिओस् बाँच्न मलाइ पनि
धोकेवाज वा सच्चा प्रेमी, पहिले जांच्न पनि ।
प्रेमको विजय भयो भनी सुन्न पाए हुन्थ्यो
तिम्रो मनलाई झ्यालखानामा थुन्न पाए हुन्थ्यो ।
भाग्यमा नै थिएन शायद तिम्रो साथी बन्न
क्यालकुलेटर चाहिएला घातका चोट गन्न ।
बजार गइ असल प्रेमी किन्न पाए हुन्थ्यो
तिम्रो मनलाई झ्यालखानमा थुन्न पाए हुन्थ्यो ।