धुन्चे-स्याफ्रुवेशी सडकखण्ड मर्मत सुरु



सरस्वती न्योपाने, रसुवा । 

पासाङ ल्हामु सडक खण्डको धुन्चे स्याफ्रुवेशी खण्डको भार्खु डाँडामा भासिएको सडक सन्चालनमा ल्याउन काम सुरु भएको छ ।

गत साउन ११ गते राति परेको अविरल वर्षाका कारण सडक भासिएपछि १२ गते बाट नै रसुवाढी नाका जोड्ने सडक अवरुद्ध भएको हो । सडक सन्चालनमा ल्याउन बुधवारबाट नै सडक डिभिजन कार्यालय नुवाकोट ले स्काभेटर प्रयोग गरि काम सुरु गरेको छ करिव ५० मिटर सडक भासिएको र त्यस ठाउँमा तार जालीको प्रयोग गरि ग्याभिन समेत लगाउन पर्ने भएकाले दोहोरो आवत जावत गर्न कम्तिमा पनि एक हप्ता लाग्ने बताइएको छ । भासिएको सडकमा नयाँ ट्रयाक खोल्न सडक डिभिजन कार्यालय नुवाकोटले बुधबारबाट नै सडकको कुनाको पहरो फुटाई सडक फराकिलो बनाइरहेको छ ।

रसुवागढी नाका जोड्ने सडक भासिएपछि उक्त नाकाबाट सामान लिएर जान लागेका कन्टेनरहरु विचमै रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्