चीनमा देखापर्‍यो नयाँ भाइरस, ७ को मृत्यु, ३७ बढी संक्रमित



बेइजिंग (एजेन्सी) ।

विश्वमा कोरोना कहरले आक्रान्त रहेको बेला चीनमा एक नयाँ संक्रामक रोगका कारण ७ जनाको ज्यान गइसकेको छ भने ६० भन्दा धेरै यसबाट संक्रमित भएका छन् । चीनको सरकारी सन्चार माध्यमले मानववीच संक्रमण फैलिने आशंकालाई लिएर चेतावनी जारी गरेको छ । पुर्वी चीनको जियांग्सु प्रान्तमा पहिलो ६ महिनामा एसएफटीएस भाइरसबाट ३७ भन्दा बढी संक्रमित भइसकेका छन् ।

पुर्वी चीनको अन्हुई प्रान्तमा २३ जना संक्रमित भेटिएको सरकारी ग्लोबल टाइम्स अखबारले जनाएको छ । उक्त भाइरसबाट संक्रमित जियांग्सुको राजधानी नाजियांगकी एक महिलालाई शुरुमा खोकी र ज्वरोको लक्षण देखिएको थियो । डाक्टरले उनको शरीरमा ल्युकोसाइट र प्लेटलेट्सको कमी भएको पत्ता लगाएका छन् । एक महिनाको उपचार पछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

अन्हुई र पुर्वी चीनको झेजियांग प्रान्तमा कम्तिमा सात जनाको भाइरसबाट मृत्यु भएको समाचारमा बताइएको छ । चीनमा सन् २०११ मा यस भाइरसका बारेमा थाहा भएको हो । विषाणु वैज्ञानिकहरुले यो संक्रमण पशुहरुबाट शरीरमा टाँस्सिने गम जस्तो किरा मानवमा फैलिन सक्छ र मानव जातिमा यसको प्रसार हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्