१ अर्ब डलरमा कोरोनाको खोप किन्दै अमेरिका



Small bottles labeled with “Vaccine” stickers stand near a medical syringe in front of displayed “Coronavirus COVID-19” words in this illustration taken April 10, 2020. REUTERS/Dado Ruvic/Illustration

वासिंगटन (एजेन्सी) ।

कोरोना भाइरससँग लडिरहेको अमेरिकाले जोनसन एन्ड जोनसन कम्पनीबाट १ अर्ब डलरमा कोभिड १९ को सम्भावित खोपको १० करोड डोज खरिद गर्ने भएको छ ।

डेढ लाख अमेरिकीको ज्यान लिइसकेको कोरोना भाइरससँग लड्नका लागि ट्रम्प प्रशासनले खोप र औषधी जम्मा पार्ने दिशामा अर्को ठुलो कदम उठाएको हो । यो खोपको एक डोजको मुल्य करिब १० डलर पर्न गएको छ ।

यसअघि मार्च महिनामा अमेरिकाले जोनसन एन्ड जोनसनलाई ४५ करोड ६० लाख डलर दिएको थियो । यो बाहेक अमेरिकाले फाइजर र जर्मनी बायोटेक कम्पनीसँग पनि १९ दशमलव ५० प्रति डोज दरले खोप खरिद गर्ने सम्झौता गरेको थियो ।

यसबीच अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप ३ देखि ४ डलर प्रति डोज पर्ने सम्भावना ब्यक्त गरिएको छ । अमेरिकाको स्वास्थ्य विभागका अनुसार यदि जोनसन एन्ड जोनसनको खोपलाई खोप लगाउने अभियानमा समावेश गरियो भने यो निशुल्क पनि हुन सक्छ ।

अमेरिकी सरकारले थप २० करोड खोपको अर्डर पनि दिन सकिने बताइएको छ ,। जोनसन एन्ड जोनसनले यदी उसको परीक्षण सफल भएमा सन् २०२१ मा कोरोना भाइरस खोपको एक अर्ब डोज बनाउने आशा ब्यक्त गरेको छ । अमेरिका र विश्वभरी आफनो खोप निर्माण क्षमता अझ बढाइरहेको कम्पनीले जनाएको छ ।

विश्व भरी करिब १ सय ५० कोरोना भाइरस खोपमा काम गरिरहेका छन् । यसमा २३ खोपको मानव परीक्षण शुरु भइसकेको छ । यसमा पनि ३ खोप आफनो अन्तिम चरण अर्थात तेस्रो चरणमा छ । यसमा दुई कम्पनी चीनका छन् भने तस्रो अक्सफोर्ड युनिभर्सिटीको हो ।

युरोपेली युनियनको जोनसन एन्ड जोनसन र सानोफी कम्पनीसँगको कुराकानीमा उनीहरुको खोप पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्