एनसेललाई शेयर निष्काशन गर्न बाटो खुल्यो



काठमाडौं, (नेस)
मोबाइल सेवाप्रदायक निजी क्षेत्रको कम्पनी एनसेललाई अब सर्वसाधरणका लागि शेयर आईपीओ निष्काशन गर्नका लागि बाटो खुलेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले एनसेललाई पब्लिक कम्पनीमा परिणत गर्न अनुमति दिएसँगै आईपीओका लागि बाटो खुलेको हो ।

एनसेल पब्लिक कम्पनीमा परिणत भएसँगै एनसेल प्रालिको नाम परिवर्तन भई एनसेल अजियटा लिमिटेड भएको छ । कम्पनी ऐन अनुसार ५ करोड चुक्ता पुँजी भएको दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने प्रावधान छ ।

हाल एनसेलको चुक्ता पुँजी १० करोड रुपियाँ छ । पुँजीगत लाभ कर विवाद सल्टाएको एनसेलले हाल वार्षिक ५० अर्ब रुपियाँको हाराहारीमा नाफा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्