गुगलबारे जानकारी



गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रिय सार्वजनिक कम्पनी हो, जसले इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्यधिक लगानी गरेको छ । इन्टरनेटमा आधारित बहुसंख्यक सेवा तथा उत्पादनहरुको आयोजना तथा विकास गरेर आाफनो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै गुगलले नाफा कमाउँछ ।
यो कम्पनी स्ट्यानफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका दुई छात्रहरू ल्यारी पेज र सर्गेई ब्रिनद्वारा मेन्लो पार्क, क्यालिफोर्नियामा सेप्टेम्बर ४, १९९८ मा स्थापना गरिएको थियो । हाल यसलाई गुगल गाइजको नामले सम्बोधन गरिन्छ । यसको पहिलो सार्वजनिक कार्य, सेवा १९ अगस्ट २००४ मा प्रारम्भ भएको थियो ।
सोही दिन ल्यारी पेज, सर्गेई ब्रिन र एरिक स्मिटले गुगलमा अर्को २० वर्षसम्म एकैसाथ सँगसँगै काम गर्ने सम्झौता गरेका थिए । कम्पनीको आरम्भदेखि नै संसारभरि ज्ञान उपलब्ध गराउनु र लाभ लिनु उद्देश्य रहेको छ ।
– सोनम शेर्पा, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्