दक्षिण कोरिणमा भिषण बाढि पहिरो



सोल,(एजेन्सी)

दक्षिण कोरियामा लगातार परेको भिषण वर्षपछि आएको भयावह बाढी र पहिरोका कारण कम्तिमा १५ जना व्यक्तिको ज्यान जानुका सथै अन्य १ हजार ५ सय भन्दा बढिले आफ्ना घर छाडेर अन्यत्र सुरक्षित गन्तव्यमा जान बाध्य भएको सरकारी संचार माध्यमले बुधवार जनाएका छन् ।

प्रधानमन्त्री चुँग साइ क्युनले दुईवटा क्षेत्र गिओन्ग्गी र चुन्गचियोंगलाई दैवी प्रकोपग्रस्त घोषित गरेका छन् । सात वषि पछि पहलो पटक दक्षिण कोरियामा लगातार ४२ दिन सम्म पानी परेको हो ।

व्याप्त कोरोना भाइरस महामारीको कारण उद्धार कार्यमा कठिनाइ भइरहेको सरकारी प्रवक्ताले बताएका छन् । बाढि पहिरो पिडितहरुलाई एकै स्थानमा आश्रय दिइएकाले फेरी कोभिड १९ अझै फैलिन सक्ने सन्त्रास पनि फैलिएको छ ।

आन्तरिक मामिला मन्त्रालयले विस्थापित पिडितहरुलाई विशेष गरी जिम हल र सामुदायिक केन्द«हरुमा सामाजिक दूरीलाई अनिवार्य रुपमा पालना गराई अस्थायी वसोवासको व्यवस्था गर्ने काम भइरहेको जानकारी दिएको छ । करिव १ हजार ३ सयवटा घर डुवानमा वा पहिरामा पुरिएको सुरक्षाकर्मिहरुको भनाइृ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्