विशाल चिजको विश्व किर्तिमान



मिलान,(एजेन्सी)

इटालीको एक समुदायले १ हजार ३ सय १९ दशमव ५ पाउन्ड वजनका गोलो विशाल चिज निर्माण गरी नयाँ गिनिज विश्व किर्तिमान राख्न सफल भएको छ ।

सार्डिना टापुको लाकुली समुदयाले सन् २०१९ को १२ मेमा तयार गर्न शुरु गरेको सो चिजलाई १२ महिना लगाएर अन्तिम रुप दिएको थियो । भेंडाका दुधले बनाइएको यस चिजले सन् २००९ मा इटालीकै ले मार्चे क्षेत्रमा तयार पारिएको चिजको आकार र वजनलाई उछिन्न सफल भएको हो ।

यस विश्व किर्तिमान राख्ने चिज बनाउन काठको पांँग्रा डिजाइन गर्ने एन्ना पित्जालिसले स्थानिय समुदायको कलात्मक सिप र खाद्य संस्कृतिको भरपुर प्रयोग गर्दै परम्परागत ढंगले यो चिजको निर्माण भएको जानकारी दिएकीछन् ।

प्रतिक्रिया दिनुहोस्