मोदीबाट अयोध्यामा रामनिदरको शिल्यान्यास



नयाँदिल्ली,(एजेन्सी)
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले बुधवार उत्तरी शहर अयोध्यामा राम मन्दिरको शिल्यान्यास गरेका छन् । सन् १९९२ मा कटरपन्थि हिन्दुहरुके भिडले त्यहाँ रहेको मध्ययुगिन वावरी मस्जिद भत्काएको थियो ।
हिन्दुहरुको आदश पूरुष भगवान रामको मन्दिरको भग्नावशेषमा मस्जिद ठड्याइएको भन्दै सो मस्जिद भत्काइएको थियो । दशकौं सम्म यस क्षेत्रको हिन्दु तथा मुस्लिम समुदाय दुवैले दावी गर्दै आएका थिए । तर गत वष भरतको सर्वोच्च अदालतले दशकौ लामो विवादका अन्तय गर्दै यो भुमि हिन्दुहरुको स्वामित्वमा रहने निर्णय दिएको थियो ।

भारतमा कोरोना भाइरसको अत्यन्तै विगविगी भइरहेको स्थितीमा यो मन्दिर निर्माणका लागि शिल्यान्यास गरिएको हो । सर्वोच्च अदालतले मुश्लिमलाई मस्जिद बनाउन शहरकै अन्य भागमा जग्गा प्रदान गर्न पनि आदेश दिएको थियो ।

प्रधानमन्त्री मोदीले मन्दिरको जगमा प्रतिकात्म चाँदी रंगको इँटा बिछाएको दृश्य विशाल स्त्रिनहरुमा अयोध्या शहर भरिका भक्तजनहरले हेरेका थिए । कोभिड १९ को कारण कार्यक्रममा केहि थोरै व्यक्तलाई मात्र आमन्त्रण गरिनुका साथै कार्यक्रम क्षेत्र वरपर आवत जावतै बन्द गरिएको थियो ।

जगमा आधारशिला राख्ना साथ मोदीले ‘ जय सिया राम ’ उच्चारण गरेका थिए । दक्षिणपन्थि हिन्दुहरुले ¥यालीहरुमा यहि नै शब्दहरु उच्चारण गर्ने गरेका छन् । हिन्दुहरु अयोध्यालाई रामको जन्मभुमि मान्दछन् ।

प्रतिक्रिया दिनुहोस्