डायनोसोरलाई पनि क्यान्सर भएको प्रमाणित



टोरोन्टो (एजेन्सी)

पहिलो पटक अनुसन्धानले डायनोसोरलाई पनि क्यान्सर हुने गरेको प्रमाणित भएको छ । ७ करोड ६० लाख बर्ष पुरानो डायनोसोरको जुन हड्डी भाँच्चिएको ठानिएको थियो, त्यसमा मेलिगनेन्ट क्यान्सरको पुष्टी भएको छ । यो हड्डी सन् १९८९ मा क्यानाडाको अल्बर्टा प्रान्तमा डायनोसोरको जीवाश्मका रुपमा प्राप्त भएको थियो ।

लेसेन्ट अन्कोलोजी जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार शाकाहारी डायनोसरको उक्त हड्डीमा विकृति ओस्टियोसारकोमाका कारण भएको थियो । यो हड्डीको एडभान्स क्यान्सर हो ।अहिलेसम्म यसलाई विकृतीका रुपमा लिइरहेको थियो ।

यसमा रहेको ट्युमर स्याउ भन्दा ठुलो थियो ।हड्डी ६ मिटर लामो भएको टोरोन्टो स्थित रोयल ओन्टारियो म्युजियमका जिवाशेष वैज्ञानिक डेविड इवान्सले जानकारी दिए । यो हड्डी क्रेटेसियल कालको हो । त्यतिबेलाका चार खुट्टे डायनोसोर शाकाहारी हुन्थे । यो हड्डी उक्त डायनोसोरको लोवर लेग बोनको हो ।

यसमा जुन ट्युमर भेटिएको हो, त्यो पर्याप्त एडभान्स स्टेजको हो । यो स्याउ भन्दा ठुलो आकारको छ । लेन्सेट अन्कोलोजी जर्नलमा प्रकाशित शोध अनुसार ७ करोड ६० लाख बर्ष अघि उक्त सेन्टरोसोरस डायनोसरको मृत्यु पुर्व क्यान्सरका कारण अत्यन्तै कमजोर भएको होला ।

अनुसन्धानका क्रममा डायनोसरमा त्यसता थुप्रै रोगहरु लाग्थे जुन सामान्य रुपमा मानव र अन्य जनावरहरुलाई लाग्ने गरेको पत्ता लागेको छ, जस्तो कि क्यान्सर । यिनीहरु यस पृथ्वीमा अन्य जनावर जस्तै बसेका थिए र यिनीहरुले पनि दुर्घटना र रोगहरु झेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्