नेकपामा बामेदव गौतमको भाउ बढेपछि ओली–प्रचण्ड नै धाउदै



न्युज अफ नेपाल, काठमाडौं

सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेकै बेला पार्टीका उपाध्यक्ष वामेदेव गौतमले सहमतिको ६ बुँदे खाका अगाडि सारेपछि पार्टीमा नयाँ तरङ पैदा गरेको छ । छ बुँदे खाका अगाडि सारेपछि गौतम सचिवालयमा पुनः निर्णायक बनेका हुन् ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको विरुद्ध अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षलाई साथ दिएका गौतमले एकाएक छ बुँदे खाका अगाडि सारेपछि नेकपाको विवादले नयाँ मोड लिएको छ ।

गौतमले अगाडि सारेको छ बुँदे खाका ओलीलाई ठूलो आड र भरोषा बन्न पुगेको छ । गौतमकाे  प्रस्ताव सार्वजनिक भएलगत्तै सोही दिन राती नै प्रधानमन्त्री ओली गौतम निवास भैसेपाटीमा पुग्नुभएको थियो ।

गौतमको भूमिकाले अलमलमा परेका प्रचण्ड नेपाल पक्ष थप रणनीति बनाउने गृहकार्यमा जुटेका छन् । सचिवालयमा गौतम र सचिवालय सदस्य रामबहादुर थापाको साथ पाएपछि बहुमत पुग्नेमा ओली ढुक्क देखिएका छन् । ओली–प्रचण्ड वार्तामा पनि पनि ओलीले सचिवालय बैठकलाई नै आफ्नो बटमलाइन बनाएका छन् ।

तर प्रचण्डले स्थायी समिति बैठक बस्नु पर्ने अडान कायमै राखेका छन् । मंगलवार एक कार्यक्रममा ओलीले स्थायी समिति र केन्द्रीय कमिटीको बैठक तत्काल नबस्ने बताइसक्नुभएको छ । जारी विवादको बारेमा छलफल प्रचण्ड निवास खुमलटारमा पाँच जना नेताको छलफल हुँदै आएको थियो । तर छ बुँदे खाका सार्वजनिक गरेपछि गौतमले प्रचण्डको दैलो टेकन छोडेका छन् । गौतम आउन छोडेपछि मंगलवार प्रचण्ड नै गौतमको निवास भैसेपाटीमा पुगेर ४० मिनेट छलफल गर्नुभएको थियो ।

साउन १३ गते गौतमले पार्टी विग्रह तत्काल रोक्नका राखेको प्रस्तावमा ओलीले समर्थन गरिसक्नुभएको छ । मंगलवारको भेटमा प्रचण्डले प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा गौतमको जवाफ थियो,‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिन ।’

प्रतिक्रिया दिनुहोस्