चार नेपाली महिलालाई दिल्लीमा बन्धक बनाउने लामा पक्राउ



न्युज अफ नेपाल,काठमाडौं ।

उदयपुर, झापा र सिन्धुपाल्चोकका ४ जना महिलालाई कुवेतमा लगेर घरायसी काममा लगाईदिने भन्दै भारत लगेर बन्धक बनाइराख्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकका याङलाल लामा भन्ने ह्याङलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । लामाले ती महिलालाई २०७३ साल चैतमा बीरगन्ज नाका हुदै दिल्लीको उत्तरपुरमा बन्धक बनाई राखेको खवर पाएपछि दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर माईती नेपालको जिम्मा लगाएको थियो ।

माईती नेपालले मनेमरामर्श गरी उनीहरुलाई आफन्तको जिम्मा लगाएकोमा प्रहरीले लामाको खोजीलाई तीव्र बनाएको थियो । मानव बेचबिखन ब्युरोले लामालाई मावन बेचबिखन ऐन अन्तर्गत कारवाही अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्