न्युज अफ नेपाल,काठमाडौं ।
भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले भगवान रामलाई नेपालसंग जोडेर धेरैपछि आफ्नो अभिब्यक्ति दिएका छन् । बुधबार भारतको अयोध्यामा राम मन्दिरको शीलान्यास गर्दै प्रधानमन्त्री मोदीले नेपालसंग रामको आत्मीय सम्बन्ध माता जानकी (सीता)का कारण जोडिएको बताएका छन् ।
यस्तै प्रधानमन्त्री मोदीले संसारका अरु थुप्रै देशमा रामसंगको सम्बन्ध कुनै न कुनै आस्था र अतितमा बसेको बताए । उनले आज पनि श्रीलंकामा रामायणको कथा ‘जानकी हरण’को रुपमा सुनाइने गरेको सुनाए ।
उनले घुमाउरो शैलीमा केही समयअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्तिको जवाफ स्वरुप नेपालको रामसंगको सम्बन्ध जानकी अर्थात् सीताका कारण जोडिएको बताएको बुझ्न सकिन्छ । यसअघि प्रधानमन्त्री ओलीले राम नेपालमै जन्मेका र अयोध्या नेपालमै रहेकाले भारतले नक्कली अयोध्या खडा गरेर राम भारतमा जन्मिएको भन्दै झुठो दाबी गरिरहेको बताएका थिए ।
ओलीको उक्त अभिब्यक्तिलाई लिएर भारतीय प्रधानमन्त्री मोदीको पाटी भाजपाले आपत्ति जनाएको थियो । भारतमा उक्त अभिब्यक्तिलाई लिएर चर्को आलोचना भएको थियो भने नेपालमा पनि बिरोधको आवाज निस्किएका थिए ।
हेर्नुहोस् मोदीको अभिव्यक्ति भिडियो सहित….
नेपालसङग भगवान श्री रामको आत्मीय सम्बध माता जानकीसङग जोडिएको छ । – प्रधानमन्त्री श्री नरेन्द्र मोदी pic.twitter.com/XlA2njeJe6
— IndiaInNepal (@IndiaInNepal) August 5, 2020