आज मात्रै बिदेशबाट १२७८ नेपाली स्वदेश फर्किए



न्युज अफ नेपाल,काठमाडौंं ।

बिदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज १ हजार २ सय २ सय ७८ जनालाई फिर्ता ल्याएको छ भने ५ वटा शव पनि नेपाल ल्याइएको छ । बुधबार बिहान देखि सांझ सम्ममा ८ वटा प्लाईटमा ती नेपालीलाई स्वदेश फर्काइएको कोभिट क्राइसिस म्यानेजमेन्ट सेन्टरले जानकारी दिएको छ ।

साउदी अरेबिया, कतार, दुवई र भारतबाट ती नेपाली स्वदेश फर्किएका हुन । उनीहरुलाई बिमानस्थलबाट बिभिन्न होल्डिङ सेन्टरमा राखेर बिभिन्न प्रदेशमा पठाइएको सेन्टरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्