राम मन्दिर निर्माणका लागि मोदीले गरे भूमि पूजा



न्युज अफ नेपाल, अयोध्या ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजा गरेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा बुधबार प्रधानमन्त्री मोदीको उपस्थितिमा भूमि पूजा गरेको हो ।

भूमि पूजा अघि मोदीले हनुमानगढीमा पूजा तथा आरती गरेका थिए । उनले रामललाको पनि दर्शन गरे । भूमि पूजाका लागि दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको थियो।

भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेलसहित सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्