धरान उप–महानगरपालिकाले गर्‍यो लकडाउन घोषणा



न्युज अफ नेपाल, सुनसरी ।
सुनसरीको धरान उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ । उपमहानगरपालिकाले आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरेको हो ।

उप–महानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले समुदायस्तरमा कोरोना सङ्क्रमित थपिएको भन्दै लकडाउन गरेको बताउनुभयो ।
यस अघि सुनसरीको ईटहरी उपमहानगरपालिका, ईनरुवा नगरपालिका र दुहबी नगरपालिकाले हिजो लकडाउनको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्