नेपाली सेनाद्धारा रामग्रामको पोखरीमा प्रकोप पुर्व तयारी अभ्यास सम्पन्न



यमलाल भुसाल, बुटवल  ।
पश्चिम नवलपरासीको सरावलको भुजहवामा आगलागी भयो,त्यहाँ अग्नी नियन्त्रक सहितका नेपालीसेनाको टोली पुग्र्यो ।
घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लियोघाईते र घरबास विहिन भएकालाई सुरक्षित स्थानमा लग्यो ।
घाईतको उपचारको लागी नजिकै रहेको प्राथमिक उपचार केन्द्रमा लगियो ।
उता भारतले नेपाली भुमी अतिक्रमित भुमी पश्चिम नवलपरासीको नारायणी पारीको सुस्ताका गाउँमा बाढि पस्यो, मानिसहरु आत्तिए, उद्धारका लागी कराए ।
गाउँमा बाढि पसेको सुचना पाए लगत्तै नेपालीसेनाको टोली मोटरबोट सहित बाढिपिडितको उद्धारमा खट्यो ।
बाढि, आगलागी र भुकम्पबाट प्रभावितको उद्धार गरिएको योघटना साँचो भने होईन्, पश्चिम नवलपरासीको परासी स्थित रामग्राम ६ पोखरापालीमा रहेको पोखरीमा मंगलबार दिउसो गरिएको प्रकोप पुर्व तयारी अभ्यासको हो ।
जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा नेपाली सेनाको कालीध्वज गण परासी, शसस्त्र र जनपथ प्रहरी सहितको टोलीले विपदको पुर्व अभ्यास गरेको हो । पश्चिम नवलपरासी बाढि, आगलागी लगाएतका प्रकोपका दृष्टिले जोखिमको रहेको जिल्ला भएकाले पनि विपदमा गर्नुपर्ने उद्धारको लागी पुर्वाअभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताउनु भयो ।

सेनाको टोलीले बाढि पहिरो र भुकम्प पिडितलाई मोटरबोट लगाएत विभिन्न उपकरणको सहायताले तत्कालै उद्धार गरेको डेमोस्ट्रेसन प्रस्तुत गरिएको थियो । कार्यकममा जिल्ला समन्वय समितिका प्रमुख सहित स्थानिय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाल रेडक्रस सोशाईटी, प्रर्कोप व्यवस्थापनका सरोकारवाला निकायहरु, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्