प्रज्ञा नेपाली ‘शैक्षणिक व्याकरण’ प्रकाशित हुँदै



न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित हुने भएको छ । नेपाली भाषा शिक्षणमा एकरूपता कायम गर्न र पठन पाठनमा सहजता ल्याउने उद्देश्यले प्रज्ञा–प्रतिष्ठानको भाषा ९नेपाली भाषा, कोश तथा व्याकरण० विभागबाट उक्त व्याकरण तयार गरिएको हो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् भाषा ९नेपाली भाषा, कोश तथा व्याकरण० विभागका प्रमुख गङ्गाप्रसाद उप्रेतीको निर्देशन तथा प्राज्ञ परिषद् सदस्य प्रा।डा। हेमनाथ पौडेलको संयोजनमा प्रा।डा। रमेशप्रसाद भट्टराई र डा। प्रेमप्रसाद चौलागाईं लेखक रहेको ुप्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ सबै तहका शिक्षक तथा विद्यार्थीका लागि उपयोगी हुने विश्वास नेपाल प्रज्ञा–प्रतिष्ठानको रहेको छ ।

संयोजक प्रा।डा। पौडेलका अनुसार उक्त व्याकरण पाठपरक, सृजनात्मक, सन्दर्भपरक, प्रकार्यात्मक एवं प्रयोजनपरक र अभ्यासमूलक रहेको छ। कक्षा कोठामा सजिलै प्रयोग र अभ्यास गर्न सकिने सरल र सजिलो यो व्याकरण शिक्षणको नयाँ विधिको उपयोग गरी लेखिएको छ । उहाँले भन्नुभयो– “यो व्याकरण नेपाली भाषाका सबै प्रयोक्ता र सञ्चार माध्यमका लागि समेत उपयोगी हुने छ ।”

प्रतिक्रिया दिनुहोस्