जुत्ता चोर्ने अनौठो स्याल



वर्लिन,(एजेन्सी)

‘स्याल कराउनु गाउँबाट कुखुरो हराउनु ’ भन्ने नेपाली उखान त प्रायशः सुनिएकै हो । तर जर्मनीमा भने हालै कुखुरा होइन जुत्ता र चप्पल चोर्न पल्केका एउटा स्याल भेटिएको छ । केहि साता देखि जेलेन्ड्रोफका वासिन्दा राति राति आफ्ना बगैंचा र आँगनबाटै चप्पल र स्पोर्टस सुज हराउने गरेकाले दिक्क थिए । तैपनि चोर पक्रिन सकेको थिएन ।

दैनिक अखवार टाजेस्सपिजेलका अनुसार अन्तत एकदिन एकजना स्थानिय वासिन्दाले अनौठो शौख भएको त्यो स्यललाई मुखमा एकजोर निलो रंगको चप्पल च्यापेर हिडेको रंगेहात भेटाएका थिए ।

त्यो स्यालले लाकाएर राखेको स्थानबाट एकसय जोर भन्दा बढि जुत्ता भेटिएपनि ति व्यक्तको हराएको जुत्ता भने नभेटिएको बताइएको छ ।टाजेस्सपिजेलका सम्पादक फेलिक्स ह्याकनब्रचले समाचारको पुष्किा लागि प्राप्त प्रमाणका तस्वीरहरु ट्विटरमा पोस्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्