कासिलासले गरे सन्यास घोषणा



एजेन्सी । रियल मेड्रिड तथा स्पेनका लेजेन्ड गोलकिपर इकर कासिलासले खेलाडी जीवनबाट आधिकारीक रुपमा सन्यासको घोषणा गरेका छन् ।हाल पोर्चुगलको पोर्टो एफसीमा आबद्ध ३९ वर्षीय उनले मंगलबार फुटबलबाट सन्यासको घोषणा गरेका हुन । गत मे महिनामा ट्रेनिंगका क्रममा हार्ट अट्याकबाट गुज्रेपछि उपचार र आराममा रहेका उनले सन्यासको घोषणा गरेका हुन् ।

सन् १९९६ मा स्पेनको अन्डर १५ बाट राष्ट्रिय जुनियर टिममा डेब्यू गरेका कासिलासले २१ वर्ष फुटबलमा बिताएका छन् ।उनले राष्ट्रिय टिमबाट १ सय ६७ म्याच खेलेका छन् ।

उनैले गोलपोस्ट सम्हालेको स्पेनी राष्ट्रिय टोलीले सन् २०१० मा पहिलो पटक फिफा विश्वकपको उपाधि उचालेको थियो । त्यस्तै, सन् १९९९ देखि २०१५ सम्म रियल मेड्रिडको सिनियर टोलीबाट उनले ५ सय १० म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्