मल्ल राष्ट्रिय टिमको गोलरक्षक प्रशिक्षक



न्युज अफ नेपाल, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ एन्फाले पूर्व राष्ट्रिय गोलकिपर विकास मल्ललाई राष्ट्रिय टोलीको नयाँ गोलरक्षक प्रशिक्षक नियुक्त गरेको छ ।

मंगलवार एन्फाको प्रविधि समितिले पूर्व गोलरक्षक मल्ललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । विकास एसियाली फुटबल महासंघ ९एएफसी० को लेभल वान गोलकिपिङ्ग प्रशिक्षक समेत हुन् । अब विकासले यसअघिका राष्ट्रिय टिमका जापानी गोलकिपिङ्ग प्रशिक्षक हिरो मित्सुमारुको स्थान लिनेछन् ।

२०२२ को फिफा विश्वकप तथा २०२३ मा हुने एसिया कपको छनोट अन्तर्गत नेपालले घरेलू मैदानमा खेल्न गईरहेको चाइनिज ताइपेइविरुद्धको खेल गोलरक्षक प्रशिक्षकको रुपमा मल्लको पहिलो हुनेछ । नेपालले दशरथ रंगशालामा अस्ट्रेलिया र जोर्डनसँग पनि खेल्नेछ । तीन वटै खेलको मिति भने कोरोनाको संक्रमणका कारण हेरफेर हुन सक्नेछ ।

नेपाली फुटबलकै उत्कृष्ट गोलरक्षकमध्येका एक विकासले यसअघि राष्ट्रिय टोलीका साथ–साथै त्रिभुवन आर्मी क्लबको समेत कप्तानी गरेका थिए । सक्रिय खेलाडी छंदा उनी ८ बर्ष नेपाली टोलीको पहिलो रोजाईको गोलकिपर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्