भारतीय पत्रकार अर्नब गोस्वामीमा आधारित ‘अर्नब द न्युज प्रोस्टिट्युट’ नामक फिल्म बन्दै



एजेन्सी ।

बलिउड फिल्म निर्माता राम गोपाल वर्माले समाचार एन्कर तथा रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामीमा आधारित भएर फिल्म निर्माण गर्ने घोषणा गरे छन्। वर्माले गोस्वामीप्रति आफ्नो आक्रोश व्यक्त गर्दै सो कुराको घोषणा गरेका हुन् ।

सुशांत सिंह राजपूतको आत्महत्यासँगै बलिउडमाथि धेरै प्रकारका प्रश्न खडा भइरहेका छन् । यसै विषयलाई लिएर गोस्वामीले बलिउडलाई निकै भयावह तरिकाले व्याख्या गरेको वर्माले बताए ।

‘अर्नब गोस्वामीले यस्तो भयावह तरिकामा बलिउडको बारेमा कुरा गरेको देखेर छक्क परे, उनले बलिउडलाइ अपराधी, बलात्कारी, यौन शोषणकर्ताले भरिएको बताए ‘उनले लेखेका छन्,’ अर्नब गोस्वामीले दिव्य भारती, जिया खान, श्रीदेवी र सुशांतको मृत्युलाई एउटा केसमा जोडे र हत्यारा बलिउड हो भन्ने दाबी गरे। ‘

तर यी चारवटै घटना फरक रहेको बताउँदै वर्माले भने ‘सबै घटनामा बिल्कुलै फरक मान्छे र परिस्थिति थिए। तर अर्नवको दिमागमा तिनीहरू सबै एक हुन् र बलिउड भन्ने संस्थाले मारिदिएको हो भन्ने छ ।’

वर्माले भने, – ‘अर्नब गोस्वामीले हाम्रो मेरुदण्ड छैन भन्ने तथ्यलाई प्रचार गरिरहेका छन् । म यसका बारे कडा अनुभूति गर्दैछु र मैले अर्नब गोस्वामीमा आधारित एउटा फिल्म बनाउने निर्णय गरें जहाँ म उसको सत्य अनुहारलाई सबैका सामु ल्याउछु र उसका हरेक भ्रष्ट क्रियाकलापलाई उजागर गरिदिन्छु ।’

वर्माले अर्नब गोस्वामीमा आधारित आफ्नो फिल्मको नाम समेत घोषणा गरेका छन् । उनले फिल्मको नाम ‘अर्नब द न्युज प्रोस्टिट्युट ‘राख्ने बताएका छन् ।’ उनको विस्तृत अध्ययन गरेपछि मैले ट्यागलाइन द न्यूज पिम्प वा द न्यूज प्रोस्टिट्युट हुनुपर्दछ कि भएन भन्ने कुरामा दुई किसिमले प्रासंगिक भए पनि अन्ततः मैले यसको आवाजको लागि द न्यूज प्रोस्टिट्युट छाने ‘ वर्माले भने ।

यस्तै, वर्माले आदित्य चोपडा, करण जोहर, सलमान खान र शाहरुख खान जस्ता बलिउडका चर्चित कलाकारलाई गोस्वामीविरुद्ध बोल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्