नेपाल फाइनान्स कम्पनीको सञ्चालक नियुक्त



????????????????????????????????????

काठमाडौं, (नेस) ।

नेपाल फाइनान्स कम्पनीको रिक्त सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा पानस इनभेष्टमेन्ट प्रालिका रोजीना श्रेष्ठलाई बाँकी कार्यकालको लागि संस्थाको कम्पनीको ३२५औँ सञ्चालक समितिको बैठकले नियुक्त गरेको छ । साथै कम्पनीको रिक्त स्वतन्त्र सञ्चालक पदमा आनन्द कृष्ण ताम्राकारलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । ताम्राकार कृषि बिकास बैंकमा ३० बर्ष कार्य गरी अवकाश प्राप्त हुनुहुन्छ ।

नेपाल फाइनान्स ५ वर्षदेखि समस्याग्रस्त अवस्थामा रहेकोमा गत मंसिर २५ गतेबाट नेपाल राष्ट्र बैंकबाट सशर्त फुकुवा भई सामान्य अवस्थामा कारोबार शुरू गरेको छ । संस्थाले असार मसान्तसम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्