मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा



काठमाडौं, (नेस) ।

मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।उहाँ सरकारको विभिन्न पदमा करिब ३९ वर्ष कार्य गरी सक्नुभएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवा प्रदान गर्दै आइरहेको छ

प्रतिक्रिया दिनुहोस्