एकैदिन ३ जनाको लास फेला



सल्यान, (नेस)
सल्यानमा एकैदिन ३ जना मृत अवस्थामा फेला परेका छन् । छुटाछुटै घटनामा ३ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो ।
आइतबार बेलुका आफन्तको घरबाट फर्किंएका दार्मा गाउँपालिका–४ पुखातका ५२ वर्षीय यज्ञबहादुर विक गाउँनजिकै मृत अवस्था फेला परेका छन् । विकले अत्यधिक मादक पदार्थ खाएकाले घर आउँदै गर्दा लडेर मृत्यु भएको हुन सक्ने प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएयो ।
यस्तै कालिमाटी गाउँपालिका–४ घुरचौरका ९ वर्षीय निर्मल भण्डारी सोमबार मृत अवस्थामा फेला परेका छन् । गएको शुक्रबार माच्छा मार्न जाँदा शारदा खोलामा बेपत्ता भएका भण्डारी आइतबार कालिमाटी गाउँपालिका–५ पैठमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै शारदा नगरपालिका–१२ को जगंलमा २४ वर्षीय यामबहादुर रावत रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमखु खतिवडाले बताउनुभयो । बर्दिया बासगढी–३ शान्तिपुर घर भएका रावत शारदा नगरपालिका–१ पटनेरीमा सानीआमाको घरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्