बेपत्ता युवक मृत फेला



स्याङ्जा, (नेस)
बुलेट बाइकसहित एक महिनादेखि बेपत्ता रहेका स्याङ्जाका पंकज गिरी मृत अवस्थामा भेटिएका छन् ।
फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित भीरमा उनको शव भटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कँडेलले जानकारी दिनुभयो । पंकजले लगाएको कपडाको आधारमा उनका बाबुले लास पहिचान गरेको उहाँको भनाइ छ ।
यसअघि आइतबार सिद्धार्थ राजमार्ग भन्दा ५÷६ सय मिटर तल भालुपहाडको फेदीस्थित सेतीखोलाको जलकुण्डमा बुलेट मोटरसाइकल भेटिएको थियो । स्याङ्जाको चापाकोट नगरपालिका–५ सेखाम काम्तीका १९ वर्षीय पंकज गिरी गत असार १८ गतेदेखि बुलेट मोटरसाइकलसहित बेपत्ता भएका थिए । पुतलीबजार नगरपालिकाको बाड्खोलाबाट साथीहरूसँग अन्तिमपटक सम्पर्कमा आएका उनी त्यही दिनदेखि बेपत्ता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्