नेपाली कांग्रेस रूपन्देहीको स्थानीय तहमा प्रशिक्षण



बुटवल, (नेस)
नेपाली कांग्रेस रूपन्देहीको जिल्ला संगठन विभागले स्थानीय तह, बुथ तथा वडा सभापतिहरूको प्रशिक्षण कार्यक्रम गरेको छ ।
प्रशिक्षण कार्यक्रममा कांग्रेसका नगरसभापति, गाउँ समितिका सभापति तथा वडा सभापति गरी १ सय ६० जनाको सहभागिता रहेको जिल्ला संगठन बिभागका प्रमुख वासुदेव रिमालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले सरकारकै संरक्षणमा भ्रष्टाचार र बेथिति मौलाएकाले नेपाली कांग्रेसले गाउँ तहबाटै त्यसका विरुद्ध आवाज उठाइरहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय नीति तथा अनुन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य मदन कट्टेलले पार्टीको नीति, कार्यक्रम तथा संगठन र सदस्य विस्तारका सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्