वडाध्यक्षकै आयल सप्लायर्सले उपभोक्ता ठग्दै



दिलकुमार लिम्बु, ताप्लेजुङ
ताप्लेजुङको फुङलिङ नगरपालिका–९ का वडाध्यक्ष तारा बरालले सञ्चालन गर्दै आएका आशिका आयल सप्लायर्सले पेट्रोल र डिजेल बजार मूल्यभन्दा बढी रकममा बिक्री गर्दैै आएको छ ।
ताप्लेजुङको सदरमुकाममा अहिलेसम्म पाथीभरा आयल सप्लायर्स र आशिका आयल सप्लायर्सले पेट्रोल र डिजेल खरिद–विक्री गर्दै आएको छ । गत शनिबारसम्म पाथीभरा आयल सप्लायर्सले पेट्रोल प्रलिटर रु १०८.५० र डिजेल ९७ रुपियाँमा बिक्री गर्दै आएको थियो भने आशिका आयल सप्लायर्सले प्रतिलिटर १ सय १५ रुपियाँ पेट्रोल र डिजेल ९७.५० रुपियाँ बिक्री गर्दै आएको थियो ।
नेपाल आयल निगमले गत शनिबार २ रुपियाँ मूल्य वृद्धि गरेसँगै पाथीभरा आयल सप्लायर्सले पेट्रोल रु ११०.५० र डिजेल रु ९७ रुपियाँमा बिक्री–वितरण गर्दै आएको छ । आशिका सप्लायर्सले भने अघिल्लो मूल्य आइतबारसम्म कायम ग¥यो । पेट्रोल प्रतिलिटर १ सय १५ रुपियाँ र डिजेल ९७ं.५० रुपियाँमा बिक्री गरिरहेको छ । पाथीभरा आयल सप्लायर्सले भन्दा आशिका आयल सप्लयार्सले गत शनिबारसम्म प्रतिलिटर पेट्रोलमा रु ६.५ रुपियाँ र डिजेल ०ं.५० रुपियाँ बढी मूल्यमा बिक्री गर्दै आएको थियो । आइतबारदेखि प्रतिलिटर पेट्रोलमा ५ रुपियाँ र डिजेल प्रतिलिटर ०.५० पैसा बढी मूल्यमा बिक्री–वितरण गर्दै आएको छ ।
एक ट्याङ्कर पेट्रोल डिजेलमा १२ हजार लिटर विराटनगर आयल निगमदेखि ताप्लेजुङको सदरमुकामसम्म पुग्दा ढुवानी, बिमा, चालक बोनस र राजस्व गरी एक ट्याङ्कर पेट्रोल वा डिजेल ताप्लेजुङ पुग्दा प्रतिलिटर पेट्रोल र डिजेलको मूल्य ७ रुयिाँ पर्न आउने पाथीभरा आयल सप्लायर्सका सञ्चलक यादव श्रेष्ठले बताउनुभयो ।
नेपाल आयल निगमले तोकेको प्रतिलिटर मूल्य भन्दा ०.३ प्रतिशत बढी मूल्यमा बिक्री–वितरण गर्न पाउने भए पनि आशिका आयल सप्लायर्सले निगमले तोकेको मूल्यभन्दा १३ प्रतिश बढी मूल्यमा बिक्री–वितरण गर्दै आएको छ । ट्याङ्करमा नल्याएर ड्रममा ल्याउँदा केही मूल्य बढी पर्न आउने भएकाले केही मूल्य बढी पर्न आएको आशिका आयल सप्लार्यमा कार्यरत एक व्यक्तिले जाकारी दिनुभयो ।
नेपाल आयल निगम पेट्रोलियम पदार्थ विक्रेता नियमावली–२०७५ को परिच्छेद ६ अनुसार नेपाल आयल निगमको अनुसूची–१० बमोजिम लोगोसहितको होडिङबोर्ड राख्नुपर्ने उल्लेख भए तापनि आशिका आयल सप्लार्यसले अहिलेसम्म होडिङ बोर्ड र मूल्य सूची पनि राखेको छैन । रातको समयमा पम्पले तानेर ड्रम, जार र कोकको बोतलमा भर्ने र भोलिपल्ट भरेको पेट्रोल र डिजेल बिक्री गर्ने गरेको टेम्पो चालक कृष्ण लिम्बुले बताउनुभयो ।
नेपाल आयल निगम चारआली कार्यालय प्रमुख गोपाल दियालीका अनुसार ताप्लेजुङमा सञ्चालित आयल सप्लायर्स दुई वटामध्ये पाथीभरा आयल सप्लायर्स ‘ख’ वर्गको साधारण विक्रेता र आशिका आयल सप्लर्यस ‘घ’ वर्गको प्याक्ड विक्रेता भएको जानकारी दिनुभयो । प्याक्ड विक्रेताले डिजेल मात्र बिक्री–वितरण गर्न पाउने चारआली कार्यालय प्रमुख दियाली बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्