जितपुरसिमराले पीसीआर मेसिन किन्ने



बारा, (नेस)
बाराको जितपुरसिमरा उपमहानगरपालिकाले कोरोना संक्रमण जाँच गर्न पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । जितपुरसिमरा उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।
नगरमा कोरोना संंक्रमण बढ्न सक्ने ठहर गर्देै बैठकले मेसिनसहित एम्बुलेन्स खरिद, आइसोलेसन वार्ड स्थापना र स्वाब संकलनको दायरा बढाउने निर्णय गरेको नगर उपप्रमुख सरस्वतीदेवी चौधरीले जानकारी दिनुभयो । पछिलो समय उपमहानगरपालिकाअन्तरगत रहेका स्वास्थ्य शाखाका एक कर्मचारीसहित अन्य तीन जनामा कोरोना संक्रमण देखापरेपछि चेक जाँच र संंक्रमण नियन्त्रणका लागि पीसीआर मेसिन खरिदलगायत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
जितपुरसिमरासँग सीमा जोडिएको पर्सामा पनि कोरोना सक्रमितको संख्या बढ्दै गएपछि स्थानीय त्रसित छन् । उपमहानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि हाल ३ करोड बजेट छुट्याएको छ ।
त्यसै गरी पालिकाअन्तर्गत रहेका उद्योगलाई यसअघि नै कर्ममचारीको उचित व्यस्थापन गरेरमात्र सञ्चालन गर्न दिइएको निर्देशन पालन नभएको भन्दै कार्यपालिका बैठकले अनुगमन गरेर मापदण्डविपरीत चलेको पाइए त्यस्ता उद्योगलाई संक्रमण नियन्त्रण ऐनबमोजिम कानुनी कारबाहीका लागि सम्बन्धित निकायसँग पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्