चापाकोटका बेपत्ता पंकज मृत भेटिए



भूपराज बस्याल,स्याङ्जा ।

एक महिना देखि बेपत्ता स्याङ्जा चापाकोट नगरपालिका ५ सेखामका १९ वर्षीय पंकज गिरी सोमबार मृत फेला परेका छन् । असार १८ गतेदेखि बुलेट मोटर साइकलसहित बेपत्ता भएका गिरिको स्याङ्जाको फेदिखोला गाउँपालिका-२ भालुपहाडस्थित भीरमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पोखरामा बसेर अध्यन गरिराखेका गिरि घर जान भनेर हिडेका थिए घर नपुगेपछी घरपरिवारले प्रहरीमा खोजिको लागि निवेदन दिएका थिए ।आइतबार भालुपहाडको सेती खोलामा माछा मार्न पुगेका स्थानीयले खोलामा बाइक देखेपछि प्रहरीलाई खबर गरेको र आइतबार साझ मात्रै प्रहरीले जानकारी पाएको हुँदा सोमबार घटना स्थलमा प्रहरी पुगेर खोजिकार्य गर्दा लास भेटिएको अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो सिद्धार्थ राजमार्गदेखि करिब ५ सय मिटर खोलामा बाइक भेटिएको थियो भने बाइक भन्दा करिब ३० मिटर माथी भिरमा शव झुन्डिएको अवस्थामा फेला परेको थियो ।

घटनाको प्रकृति हेर्दा दुर्घटना जस्तो देखिपनी हाल शव पोष्टमाटको लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्