टिकटक एप किन्दै माइक्रोसफ्ट



वासिंगटन,(एजेन्सी)

अमेरिकी विशाल प्रविधि कम्पनी माइक्रोसफ्टले अमरिकामा पनि चीनको स्वामित्वमा रहेको भिडियो – सेयरिंग एप व्यवसायिक रुपमा चलाउनका लागि सो एप खरिदका लाग चीनसंग वार्ता जारी रहेको पुष्टि गरेको छ ।

माइक्रोसफ्टका अध्यक्ष सत्य नाडेलाले सो एप प्राप्त गने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग पनि आइतवार छलफल भएको बताएका छन् । ट्रम्पको चासो रचिन्तालाई सम्वोधन गरेर कम्पनीले त्यस एपको पूर्ण सुरुक्षाको परिक्षण हुने पनि जनाएको छ ।

साथै माइक्रोसफ्टले यस एपको प्रयोग पश्चात कम्पनीले अमेरिकी सरकारलाई उचित आर्थिक फाइदा पनि प्रदान गरिने जनाएको छ । माइक्रोसफ्टले आगामी १५ सेप्टेम्वर सम्ममा टिकटकको संरक्षक कम्पनी बाइटडान्ससंगको छलफलले अन्तिम रुप पाइसक्ने जनाएको छ । माइक्रोसफ्टले अमेरिका , क्यानडा , अष्ट्रेलिया र न्युजिल्यान्डका लागि टिकटक सेवा किनेर त्यहाँका बजारमा एप चलाउने आफ्नो योजना रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्