९९ वर्षीया महिलाले उडाइन् विमान



लसएन्जेल्स ।

अमेरिकाको क्यालिफोर्निया निवासी ९९ वर्षिया महिलाले विमान उडाएर र आकासमै उडान निर्देशन दिएर दुई वटा गिनिज वल्र्ड रेकर्ड तोडेकी छन् । हालै रिभरसाइड म्युनिसिपल एयरपोर्टको नेक्स्टजेन फ्लाइट एकेडमीमा अनितम उडान प्रशिक्षणमा सहभागी भएर रोविना आस्टिले त नयाँ किर्तिमान राखेकी हुन् ।

आस्टिले केएबिसि– टेलिभिजनलाई बताएकीछन्– मानिसहरुलाई धर्ती छाडेर आकासमा उड्ने काम सिकाउन मालई निकै मनपर्छ । म वरिष्ठ नागरिकहरु पनि अझै महत्वपूर्ण योगदान दिन सक्षम छन् भन्ने देखाउन चाहन्थें । ’यसअघि आइओवाका पुरुषले ९८ वर्षको उमेरमा विमान उडाएर राखेको सबैभन्दा जेष्ठ उमेरका पायलटको किर्तिमानलाई यी वृद्धाले तोडेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्