उमेर ढाँटेको दस्तावेज पठाए प्रतिबन्ध लगाइने



एजेन्सी ।भारतीय क्रिकेट बोर्ड बीसीसीआईले उमेर ढाँटेको झुटो दस्तावेज अथवा प्रमाणपत्र पेश गर्ने खेलाडीलाई दुई वर्षको प्रतिबन्ध लगाउन सकिने नयाँ नियम बनाएको छ ।

२०२०र२१ को सिजनमा यदि कुनै खेलाडीले उमेर ढाँटेको प्रमाणपत्र पेश गरेको पाईएमा नयाँ नियम अनुसार कारवाही गरिने जनाएको छ । बीसीसीआईले बनाएको नयाँ नियम अनुसार त्यस्ता खेलाडीलाई घरेलु क्रिकेट पनि खेल्न नपाउने गरी प्रतिबन्ध लगाइने भएको हो । बीसीसीआईको नयाँ नियम अनुसार अब यू–१६ समुहमा १४ देखि १६ बर्षको किशोरले पनि नाम दर्ता गर्न पाउने छन् ।

त्यसका लागि खेलाडीहरुले बीसीसीआईको एज भेरिफिकेशन डिपार्टमेन्टलाई आफ्नो सही उमेर सहितको दस्तावेजमा आफैले दस्तखत गरेको चिठ्ठी अथवा ईमेल १५ सेप्टेम्बरसम्म पठाउनु पर्नेछ । यदि त्यस्तो दस्तावेज रजिस्टर्ड भएपश्चात् खेलाडीले पठाएको विवरण गलत पाईएमा बीसीसीआईले दुई वर्षको प्रतिबन्ध लगाउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्