औबामेयाङले दिलाए आर्सेनललाई एफए कप



लन्डन, (एजेन्सी)
पिइरे इमेरिक औबामेयाङले अर्को चामत्कारिक खेल पस्कि“दा आर्सेनलले एफए कप जितेको छ।शनिबार राति वेम्बली मैदानमा भएको फाइनल खेलमा आर्सेनलले चेल्सीलाई २–१ ले हरायो। गाबोनका स्ट्राइकर औबामेयाङले दुवै गोल गर्दा आर्सेनलले १–० ले पछि परेको स्थितिलाई उल्ट्याएर उपाधि जितेको हो। यो आर्सेनलको १४औं एफए कफ उपाधि हो।

योस“गै प्रिमियर लिगमा आठौं स्थानबाट सिजन समाप्त गरेको आर्सेनल युरोपा लिगमा छनोट भएको छ। टोली १९९५–९६ पछि पहिलोपटक युरोपा लिगमा पुगेको हो।यसअघि सेमिफाइनलमा औबामेयाङले दुई गोल गर्दा आर्सेनलले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई पाखा लगाएको थियो। चेल्सीले म्यानचेस्टर युनाइटेडलाई अर्को सेमिफाइनल खेलमा हराएको थियो।

यी नतिजाले अल म्यानचेस्टर फाइनल हुने समाप्त भएको थियो।चेल्सीले शुरुआती ५ मिनेटको खेलमै अग्रता लिएको थियो। क्रिस्टियन पुलिसिचले गोल गरेपछि चेल्सीस“ग आर्सेनल पछाडि परेको थियो। तर, औबामेयाङले पहिलो हाफ समाप्त हुनअघि पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई १–१ बराबरीमा ल्याए। चेल्सीका कप्तान सेजार एजपीलीकुएटाले उनलाई फाउल गरेपछि आर्सेनलले पेनाल्टीको अवसर प्राप्त गरेको थियो।

दोस्रो हाफमा पुलिसिच ह्यामस्ट्रिङको चोटले मैदान बाहिर गएपछि चेल्सीलाई समस्यामा पारेको थियो। तर, औबामेयाङले ६७औं मिनेटमा अर्को गोल थपेपछि आर्सेनल खेलमा २–१ ले अगाडि रह्यो। चेल्सीका लागि माटियाये कोभाचिच रातो कार्ड खा“दै बाहिरिएपछि अन्तिम २० मिनेट १० खेलाडीमा सीमित भएको थियो।

तथ्यहरूः

–मिकेल आर्टेटा एफए कपमा कप्तान र मेनेजरको रूपमा फाइनल जित्ने पहिलो व्यक्ति बने। (२०१४ र २०१५ मा कप्तान)

–चेल्सीले अघिल्ला १० एफए कप फाइनलमध्ये ३ मा हार्दा तीनैपटक प्रतिद्वन्द्वी आर्सेनल नै रह्यो । (२००२, २०१७ र २०२०)

–आर्सेनलले २००२ देखि सातपटक एफए कप फाइनल खेलेकोमा सातैपटक उपाधि जितेको छ। (२००२, २००३, २००५, २०१४, २०१५, २०१७, २०२०)

–फेबु्रअरी २०१८ मा डेब्यु गरेका पिइरे एमेरिक औबामेयाङले आर्सेनलका लागि सबै प्रतिस्पर्धामा गरी ७० गोल गरेका छन्।

–विली काबालेरोले ३८ वर्ष ३ सय ८ दिनको उमेरमा चेल्सीका लागि एफए कप फाइनल खेल्ने पाको खेलाडी बने।

–चेल्सीका लागि नै एफए कप फाइनल खेल्ने क्यालम हडसन ओडोई सबैभन्दा कान्छो खेलाडी बने। उनको उमेर १९ वर्ष २ सय ६८ दिनका थिए।

प्रतिक्रिया दिनुहोस्