‘कोब्रा’ ग्याङका लिडर बने राष्ट्रिय हकी खेलाडी



रोशन पराजुली, हेटौंडा
उनी ठेलामा बेच्न राखिएको मःम माग्थे। ग्राहकले मःम खाइसकेपछि फ्या“केका पात भुइ“मा खस्न नपाउ“दै टिपेर चाट्थे। यो दृश्य थियो– हेटौंडा बसपार्कमा देखिएको। सडक बालकको एक ‘कोब्रा’ ग्याङका लिडर थिए करिब १० वर्षे राजु अधिकारी। अभिभावकबाट टाढा भएका उनी आफ्नो समूहका नाइके थिए।
उनको टिममा सबैले मागेको र चोरेको कुरा उनको निर्देशनमा सामूहिक उपभोग गरिन्थ्यो। भोक लाग्दा डेन्ड्राइड सु“घ्ने बानी भएका उनले हाल डेन्ड्राइड भुलेका छन् भने चुरोट खाएका छैनन्, न त चोरी नै गरेका छन्। वाक्यैपिच्छे निस्कने अपशब्द उनको मुखबाट निस्क“दैन। पहिला अरूस“ग बोल्नै नमान्ने र पिटु“ला झैं गर्ने ती पूर्वसडक बालक हिजोआज सबैस“ग नजिकिन्छन्।
भनिन्छ, नि अवसर पाए हरेक असम्भव काम पनि सम्भव हुन्छ। सा“च्चै अधिकारीको जीवनमा पनि यस्तै भएको छ। २०६८ सालतिर हेटौंडा बजारको चोक–चोकमा फोहोर बटुल्ने, फ्या“किएका खानेकुरा खाएर हि“ड्ने र सडकपेटीमा रात कटाउने उनै सडक बालक हकीका राष्ट्रिय खेलाडी बनेका छन्। उनले भने– ‘हकी खेलेर नेपालको नाम उच्च राख्नु नै अब मेरो पहिलो प्राथमिकता हो।
मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले २०६८ कार्तिक २७ गतेदेखि अधिकारीलाई हालसम्म संरक्षणमा लिएका छन्। उनै अधिकारीजस्ता सडक बालकहरूप्रति लक्षित गरेर मामाघर नेपालका संरक्षक पराजुली १० वर्षदेखि सडक बालकको उद्धार, आवासीय सेवासुविधा, शिक्षा, स्वास्थ्य र पारिवारिक पुनस्र्थापनामा तल्लीन छन्।
अधिकारी हाल राष्ट्रियस्तरका हकी खेलाडी भएका छन्। २०६८ सालमा स्थापना गरिएका मामाघर नेपालका पहिला ‘भान्जा’ अधिकारीलाई सडकबाट उद्धार गरिएको थियो। हाल उनी १८ वर्षे युवा बनिसकेका छन्। संरक्षक पराजुलीका अनुसार त्यस समयमा राजु सडकमा अलपत्र अवस्थामा भेटिएका थिए।
कालो सर्ट, च्यातिएको पुरानो थोत्रो पाइन्ट र खाली खुट्टा। का“धमा सेतो बोरा पछाडि भिरेका उनी हेर्दै माया लाग्दा देखिन्थे। जाडो महिनामा लुगलुग का“प्दै हेटौंडा बसपार्क वरिपरि बस्ने उनलाई आफ्नो घर कहा“ हो भन्ने पनि थाहा थिएन। त्यति मात्र हो र, उनी पूर्णरूपमा एक्ला पनि देखिन्थे।
बेसहारा बनेर हरेक दिन सडकमा बिताइरहेका अधिकारीको नाम पनि सबैको मामा अर्थात् अर्पण पराजुलीले नै राखिदिएका हुन्। सडकबाट उद्धार गर्दा आफ्नो नाम के हो भन्नेसमेत थाहा नभएका अधिकारी आफूले दोस्रो जन्म पाएकोमा खुसी छन्।
उनले भने– ‘सडकमा बस्दा लागूऔषध प्रयोग गरिन्थ्यो। शुरूमा त यहा“ (मामाघर) बस्नै गाह्रो हुन्थ्यो । धेरै पटक भागे“ पनि । तर, मामाले यो सबै मेरै लागि गर्नुभएको रहेछ। त्यसबेला मलाई उद्धार गरेर यहा“ नल्याउनु भएको भए म हाल कस्तो अवस्थामा हुन्थे“ होला । सम्झ“दा पनि डर लाग्छ।’ घरपरिवार तथा आफन्त को हुन् र उनीहरू कहा“ छन् भन्ने उनलाई थाहा छैन।
मामाघर नेपालमा बस्न थालेपछि हकी खेल्न शुरू गरेका अधिकारीले भारतमा गएर नेपाली टिमको क्याप्टेन रहेर हकी खेले। उनी उत्कृष्ट खेलाडीसमेत घोषित भए। विभिन्न देश पुगेर आफ्नो उमेर समूहबाट उनले राम्रो प्रदर्शन गर्दैै आएका छन्। खेल क्षेत्रलाई रहरको पाटोमा राखेर पेशाका रूपमा प्लम्बर र वायरिङसमेत गर्दै आएका छन् उनी । खेलले मात्र आर्थिक क्षेत्रमा सबल बन्न नसकिएला कि भन्ने डरले अन्य क्षेत्रमा पनि लागेको उनी बताउ“छन्।
मामाघरमा सदावहाररूपमा २५ देखि ३० जना सडक बालक रहने गरेका छन्। सहयोगी हातको सहाराले चलिरहेको मामाघर नेपाल सबैको साझा संस्था बनेको छ। मामाघर नेपाल स्थापनाकालदेखि त्यहीं संरक्षित अधिकारी हाल पनि त्यहीं आश्रित छन्।

प्रतिक्रिया दिनुहोस्