पारिवारिक कथामा सम्बन्ध



लकडाउन हटेसँगै मनोरञ्जनका सामग्री निर्माणको क्रम बढ्न थालेको छ। केही समययता म्युजिक भिडियो निर्माणको क्रम बढिरहँदा केहीले भने फिल्म तथा टेलिफिल्म निर्माणको काम पनि शुरू गरेका छन्।

यही क्रममा सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म सम्बन्धको छायांकन शुरू भएको छ।रमाइलो टिभीका लागि तयार पारिँदै गरेको पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदीप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगानालगायतले अभिनय गरिरहेका छन्।

काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, उषा मलह (सिम्रन)को गायन छ। रवि केसी निर्माता रहेको टेलिफिल्मको प्रस्तुतकर्ता करुणा आचार्य हुन्।

प्रतिक्रिया दिनुहोस्