नाचें फिरिरी सार्वजनिक



डा. चन्द्र गिरीको शब्द रचना, दीपक शर्माको संगीत, उदयराज पौडेलको संगीत संयोजन र शिव परियारको स्वर रहेको गीत नाचें फिरिरीको म्युजिक भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ। गत बिहीबार दिउ“सो रिलिज भएको भिडियोले हालसम्म करिब ८ लाख भ्युज पाइसकेको छ।
लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउ“दै आएका झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद् हुन्। गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भइसकेका छन्। अरू गीतका भिडियो पनि क्रमैस“ग रिलिज गरिने उनले जानकारी गराए। गम्भीर विष्टको परिकल्पना तथा निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छायांकन भएको भिडियोमा विकास ज्ञवालीको सम्पादन रहेको छ।
भिडियोमा जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा तथा सागर लम्साल ‘बले’ले प्रमुख मोडलका रूपमा नृत्य र अभिनय गरेका छन्। नेपाल चलचित्र विकास कम्पनी बालाजुमा सेट लगाएर केही दिन अघिमात्र भिडियोको छायांकन गरिएको थियो।
भिडियोका लागि कला निर्देशक विजय चौधरीले आकर्षक सेट बनाएका थिए। भिडियो रूपन्तरा म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। क्या दामी भो र पिलायो साथीले जस्ता पिउने पिलाउने गीतबाट विशेष र फरक प्रकारको चर्चा पाएका शिव परियारले अब नाचें फिरिरीले संसारभरका स्टेज तताउने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्