भूमिसम्बन्धी समस्या समाधान छिटो गर्न जोड



काठमाडौं, (नेस)
भँमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी आइतबार छलफल गर्नुभएको छ । आयोग पदाधिकारी तथा केही सांसदसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिनुभएको थियो ।

आयोगको कामको अवस्थाका बारेमा जानकारी लिएपछि कार्यक्रममा बोल्दै मन्त्री अर्यालले छिटोभन्दा छिटो काम अगाडि बढाउन आयोगका पदाधिकारीलाई निर्देशन दिँदै भन्नुभयो–‘जुन उद्देश्यका साथ आयोग गठन भएको हो । त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडि बढाउनुस्, मन्त्री अर्यालले भन्नुभयो–‘यो काम छिटो अगाडि बढाउनुपर्छ ।’

आयोगले समयमै आफ्नो काम सम्पन्न गर्ने गरी अगाडि बढ्नुपर्ने समेत मन्त्री अर्यालले बताउनुभयो । देशभरका भूमिहीन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उहाँले यो महत्वपूर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा बोल्दै भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सबै मिलेर भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्