प्रदेशीको पीडा



  • प्रकाशकुमार सिग्देल

चारो खोज्न गाको चरी, विचल्लीमा परी
गुँढमै फर्कि आएँ छल्न हावा हुरी झरी
टेक्ने हाँगो मक्किदो छ तिम्रै भरमा हरि
माया यो माटोलाई सधैंभरी होइन घरि घरि

छैटीको निधारको लेखापसिनाले बगायो
जन्मजातै हातको रेखा बेल्चाले खायो
उखरमाउलो मरुस्थले गर्मीले ज्यानगलायो
खाडीमा लागी परें, कति गरें, सधैं दुःख छायो

खाडीमा मेरो भागको पैसाअक्करमा रह्यो
अरुले त भन्थे रुखमा सजिलै पातसरी फल्थ्यो
सधैं सपनामागरिरहँदा सलहले धरपकट
फललाउनखोजेपनिकसरी यसको जोड चल्थ्यो

भुइँको टिप्न खोजें पोल्टाको सबै झरे
चोक्टामा रमाउनखोज्दाझोलैमा डुबी मरें
घरको दुःख खेपेर, लाहुरेको रवाफ देखेर
हिडेको यात्रीको सपनाबीच बाटोमै अलपत्र परे

बेबारिसे ती सपनाकोरोनाको खातिर मर्‍यो
मन स्वदेशमै अड्किएर तनविदेशमै पर्‍यो
अब सबै हण्डर, दुःख, पीडा साक्षी राखी
कटाउनेछु स्वदेशमै जीवन अरु बाँकी

गैरी खेतको छाती, फुलेको छ पाती
कोटको बारी, ढकमक्कै वनमासाको झाडी
आएँ, भनी केहि गर्छु, यिनकै शरणमा पर्छु
डेगचलेन, अघि बढेन, खियाधारी इञ्जिन गाडी

कहाँजाऊँ, के गरुँ, उडँु भने खसे पखेटो
टेक्ने ठाउँ, जाने गाउँ छैन नियतिले लखेट्यो
बाढि पहिरो यहि बेलामानिरर्थक किसानको धामा
पहिले अर्कैथिएँ, ध्यान सबै दिएँअहिले मकै र कोदामा

वालिङ–७, केवरे भञ्ज्याङ, स्याङ्जा

प्रतिक्रिया दिनुहोस्