तीन तल्लाबाट हामफालेर दाजुभाई बाँचे



पेरिस,(एजेन्सी)

फ्रान्समा दुईजना दाजुभाइले बल्दै गरेको एउटा अपार्टमेन्टको तेश्रो तल्लाबाट हाम फालेर आफ्ना ज्यान जोगाएका छन् । डेली मेलका अनुसार तिनीहरुलाई भुँइमै बजारिन नपाउँदै तल्ल रहेका उद्धारकर्मिहरुको भिडले समाएको थियो । यस्तो निकै साहशिक र नाटकिय घटना फ्रान्सको ग्रेनोवल शहरमा भएको हो ।

नाम नखुलाइएका तीन र दस वर्षिय ति दाजुभाईलाई कुनै पनि चोटपटक नलागेको प्रहरीले जनाएको छ । साँचो नदिइकन तिनीहरुलाई अभिभावकहरुले कोठा भित्र थुनेर हिंडेकाले अचानक आगलागि हुादा तिनीहरु चालिस फिट माथिबाट हामफाल्न बाध्य भएको बताइएको छ ।सिटिभि न्युजका अनुसार सो अपार्टमेन्ट कम्प्लेक्स नजिककै बस्ने एकजना छिमेकीले उद्धार कार्यको फुटेज खिच्न भ्याएको जानकारी दिएको छ ।

भिडियोमा अपार्टमेनटको वार्दलीबाट धुवाँ र आगोको मुस्लो निस्किरहेको , दुबै बालका झ्यालमा झुण्डिरहेको र तल थुप्रै मानिस भेला भएको देखिन्छ । आफु हामफाल्नु अघि दस वर्षिय बालकले पहिले आफ्नो भाइलाई तल फालेका थिए । तिनीहरुलाई समाउने क्रममा एथोमानी वालिद नामक एक पचिस वर्षिय बिद्यार्थीको हात भाँचिएको छ । ग्रेनोवलका मेयर एरिक पायोल्लेले साहसिक ढंगले यस उद्धार कार्यमा संलग्न हुने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्