क्वारेन्टाइन तोड्ने अमेरिकी दम्पती जेल चलान



न्युयोर्क,(एजेन्सी)

अमेरिकाको फ्लोरिडा निवासी कोरोना भाइरस पोजिटिभ दम्पतीलाई क्वारेन्टाइन नियम तोडेको कारण जेल चलान गरिएको प्रहरीले जनाएको छ । २४ वर्षिय जोस एन्टोनियो फ्रेइरे इन्टेरियन र २६ वर्षिया योहाना आनाही गोन्जालेजलाई जन स्वास्थ आपतकालकोबेला क्वारेन्टाइनको तथा आपतकाल व्यवस्थापन नियम तोडेको उजुरी तिनीहरुकै छिमेकीले गरेको वासिंगटन पोष्टले जनाएको छ ।

१५ जुलाईमा कोभिड १९ पोजिटिभ देखिएपछि तिनहिरुलाई कम्तिमा दुई साता कडा आइसोलेसनमा बस्न आदेश दिइएको थियो । तिनीहरुलाई आफ्नै घरमा बस्दा पनि मास्क लगाउन आदेश दिइएको थियो । एउटा तीन शयनकक्ष भएको घरमा तिनीहरुले कम्तिमा तीनजना छिमेकसिंग मिलेर बस्नुपर्ने अवस्था थियो ।

तर अर्को सातामै कम्तिमा ३१ जुलाइ सम्म क्वारेन्टाइनमा बस्न जारी गरिएको फ्लोरिडा स्वास्थ विभागको कडा नीति नियम उल्लंघन गर्दै तिनीहरु सुपर माकर्टे गएको तिनीहरुका छिमेकीअरुले उजुरी गरेका थिए ।

फेरी केहि दिनपछि छिमेकीहरुले फ्रेइरेले बाहिर बाटोमा कुकुर डो¥याउँदै गरेको, मास्क नलगाइकन ति दम्पतीले सरसामान किन्ने पसल पुग्ने गरेको र आफ्नो कार धुने गरेको दृश्यको भिडियो खिंचेका थिए । अहिले यस दम्पतीलाई एक हजार अमेरिकी डलर जमानतमा रिहाइ गरिएको छ ।

Qजोहन्स होप्किन्स युनिभर्सिटीका अनुसार अहिले ४५ लाख भन्दा बढि व्यक्ति संक्रमित भइसकेको अमेरिकामा कोभिड १९ ले १ लाख ५३ हजार भन्दा बढिको ज्यान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्