काठमाडौं उपत्यकामा १२ बर्ष मुनि र ६० बर्ष माथिकालाई घरबाहिर ननिस्कन सरकारको आग्रह



न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै सरकारले १२ बर्षमुनिका बालबालिका र ६० बर्ष नाघेका ज्येष्ठ नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यस्तो आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

लकडाउन खुकुलो भएसंगै देशभर कोरोनाका बिरामी बढ्दै गएका छन् ।देशभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै देशभर थप सतर्कता अपनाउन आग्रह गरिएको छ । आईतबार देशभर २४६जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौं उपत्यकामा मात्रै ३१ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्