कृषि सामाग्री कम्पनी चन्द्रपुरका प्रमुख रबी केशरीले बुझाए दश लाख धरौटी



सञ्जय कार्की,रौतहट ।

कालोबजारीको मुध्दा खेपेका कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरका प्रमुख रबी केशरीले आईतबार दश लाख धरौटी बुझाएका छन । जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी रकम बुझाएर उनले मुध्दाको पुर्पक्ष गर्ने भएका छन । नेपाल सरकारको अनुदानको मल सहकारी संस्था मार्फत कालोबजारी गर्न सघाउ पुरयाएको आरोपमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख केशरी माथि समेत मुध्दा चलेको थियो ।

पक्राउ पुर्जी जारी भएसंगै फरार रहेका उनी आईतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा उपश्थित भएर बयान दिएपछि प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले दशलाख धरौटी रकम माग गर्नु भएको हो । सार्बजनिक पद धारण गरेका ब्यक्ति माथि कालोबजारी तथा सामाजिक अपराधको मुध्दा लागेपछि उसमाथि भ्रस्टाचार र सम्पति शुध्दिकरणमा समेत अनुसन्धान हुनु पर्ने आवाज उठदै आएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुर बाट रौतहटका बचत तथा ऋण र कृषि सहकारी संस्था गरी १ सय ३२ वटा सहकारी संस्थाले ठुलो परिणाममा नेपाल सरकारको अनुदानको मल खरिद गरेको तथ्याकमा रहेको छ तर जहिलेपनि धानखेतीको मुख्य सिजनमा मलको अभाब देखाएर कालोबजारी हुने गरेको देखिन्छ ।

गत असाढ १५ गते ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मलखाध कालोबजारी गरेको आरोपमा सर्लाहीको बाग्मती नगरपालिका–१२ कर्मैया घर भई चन्द्रपुर नगरपालिकाको वडानम्बर १ स्थित बाग्मती बजारको राहुल खाध्य उधोगका संचालक सत्यलाल साह लाई लाई पक्राउ गरेपछि यस्मा संलग्नताको आधारमा कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरका प्रमुख केशरी सहित तीन वटा सहकारी संस्थाका गरी २५ जना माथि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय रौतहटमा मुध्दा दर्ता भएको थियो ।

उनी माथि जिल्ला प्रशासन कार्यालय रौतहटले ३० लाख धरौटी रकम माग गरेको हो । साहले चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मतीकोे सृजनसिल कृषि सहकारी संस्था लिमिटेड बाट युरिया १६५२, डिएपी ६०५ बोरा, पोटास १३५ बोरा, यस्तै बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाम बाट युरिया १२१२ बोरा, डिएपी ५७५ बोरा, पोटास ११५ बोरा र उन्नतीशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नाम बाट युरिया २१२४ बोरा, डिएपी ६८१ बोरा, पोटास १३० खरिद गरेको मलमा कालोबजारी गरेको आरोप रहेको छ तर रौतहटका किसानहरुले १ सय ३२ वटै सहकारी संस्थाले खरिद गरेको मलखाद्यको कारोबारको छानबिन हुनु पर्ने माग राखेका छन ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले मलखाद्यको कालोबजारी घटनाको प्रकृतीे कसुर अनुसार सबैसंग जनही धरौटी माग गर्नु भएको हो । तीन वटै सहकारी संस्थाका अध्यक्षहरुले जनही ३ लाख बुझाएर मुध्दाको पुर्पक्ष बाहिर बसेर गर्दै आएका छन ।

नेपाल सरकारको अनुदानको मल कृषि सामग्री कम्पनी लिमिटेड बाट रौतहटको १ सय ३२ वटा सहकारी संस्थाले खरिद गरेपछि ती सबै सहकारी संस्थाको मलमा कालोबजारी भए या नभएको अनुसन्धान हुनु पर्ने माग उठेको हो । प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले नेपाल सरकारको अनुदानको मल सहकारी संस्था मार्फत दुरुपयोग हुन नदिन आफु लागिपरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्