ओली-दाहाल भेटवार्ता : ‘छलफलको सुरुवात’



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा तीन घण्टा लामो छलफल चलेको छ ।

बैठकमा ओली प्रचण्डलगाएत वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङको पनि उपस्थिति रहेको थियो । आज बसेको बैठकले कुनै टुङ्गो नलगाएको बताउदै यसलाई छलफलको सुरुवात भएको जनाइएको छ ।

गत साउन १३ गते बोलाइएको बैठक ओलीले एकलौटी रुपमा स्थगित गरिदिएपछि प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरुको छुट्टै बैठक बसेको थियो । सो बैठकले प्रचण्डलाई ओलीसँग छलफल गरेर छिट्टै बैठक राख्ने पहलकदमी गर्ने जिम्मा दिएको थियो ।

यस अघि पनि प्रचण्ड र खनालले ओलीलाई बैठकमा उपस्थितिको लागि अनुरोध गर्न गएका थिए। तर, ओलीले उक्त अनुरोध अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्